Premier Cables
Premier Steel

राजनीति

कांग्रेस विवादः संस्थापन पक्षका युवाको पनि भेला

Calendar बिहिबार, पुष २४, २०८२  | अपराह्न १:२५ बजे

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको प्रतिकारस्वरूप युवा भेला आयोजना गर्ने निर्णय गरेको छ । विशेष महाधिवेशनको उद्घाटन हुन नदिन संस्थापन पक्षले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा युवा भेला गर्ने तयारी गरेको हो ।

सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन समूहले पुस २७ गते युवा भेला आयोजना गर्ने निर्णय गरेको नेताहरूले जानकारी दिएका छन् । भेलाको संयोजनको जिम्मेवारी नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङलाई दिइएको छ ।

बिज्ञापन

सभापति देउवासँगको छलफलमा सहभागी केन्द्रीय सदस्य गुरु बरालले युवा भेलाको आयोजना पुष्टि गर्दै पुस २७ गते पार्टी कार्यालयमा युवा–विद्यार्थी भेला गर्ने तयारी रहेको बताए । उनका अनुसार पुस २८ गतेका कार्यक्रमबारे छलफल अन्तिम चरणमा पुगेको छ ।

संस्थापन पक्ष निकट स्रोतका अनुसार पुस २८ गते जिल्ला सभापतिहरूको भेला गर्ने तयारी गरिएको छ । उक्त भेलाको समन्वयको जिम्मेवारी भक्तपुर जिल्ला सभापति दुर्लभ थापा र बागलुङ जिल्ला सभापति जीत शेरचनलाई दिइएको स्रोतले जनाएको छ ।

सभापति देउवासँगको छलफलमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाण, एनपी साउद, जीतजंग बस्नेत, गुरु बराललगायतका नेताहरू सहभागी थिए । साथै, भ्रातृ संगठनका तर्फबाट नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङ, नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पा र नेपाल महिला संघकी अध्यक्ष उषा राउतको पनि सहभागिता रहेको थियो ।

उता, विशेष महाधिवेशन पक्षधर समूहले भने पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरिसकेको छ । उनीहरूले महाधिवेशनका लागि भृकुटीमण्डप बुकिङसमेत गरिसकेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka