Premier Cables
Premier Steel

राजनीति

कांग्रेस महामन्त्रीले गरे विशेष महाधिवेशन आह्वान

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष २३, २०८२  | साँझ ७:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन औपचारिक रूपमा आह्वान गरेका छन्।

बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले पार्टी विधानको पालना गर्दै संगठनलाई थप सुदृढ र जीवन्त बनाउन विशेष केन्द्रीय महाधिवेशन आवश्यक भएको बताएका हुन्।

बिज्ञापन

वक्तव्यमा विधानको धारा १७(२) बमोजिम २४८८ जना अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरिएको उल्लेख छ। बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई मजबुत बनाउन र जनभावनाअनुसार नीति तथा निर्णय लिन विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरूको भनाइ छ।

उनीहरूले विशेष महाधिवेशनको माग पेस भएको तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्नु केन्द्रीय कार्यसमितिको जिम्मेवारी भए पनि त्यसतर्फ आवश्यक पहल हुन नसकेको जनाएका छन्।

विधानअनुसार विधिवत् माग भइसकेपछि विशेष महाधिवेशन नबोलाउने अवस्था विधानले परिकल्पना नगरेको भन्दै यस्तो मागलाई असान्दर्भिक वा औचित्यहीन ठहर गर्ने अधिकार कसैलाई नरहेको स्पष्ट पारेका छन्।

महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकारअनुसार पुस २८ भित्र विशेष महाधिवेशन सम्पन्न गर्न गरिएको प्रयासप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको उनीहरूको भनाइ छ। साथै, पुस २७ र २८ का लागि तय गरिएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रूपमा अनिवार्य र बाध्यकारी भइसकेको पनि वक्तव्यमा उल्लेख गरिएको छ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa