Premier Cables
Premier Steel

राजनीति

देउवा घाइते भएको एक महिनासम्म गगन-विश्वले टेलिफोन गरे न भेटघाट !

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २२, २०८२  | साँझ ५:४८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । जेनजी आन्दोलनको क्रममा आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महामन्त्री विश्वप्रकाश शर्माले एक महिनापछि फोन सम्पर्क गरेका छन्। तर, दुबै नेताबीच संवाद भने हुन नसकेको देउवा सचिवालयले जनाएको छ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार महामन्त्री शर्माले बुधबार भेटका लागि फोन गरे पनि भेटघाटको समय तय भइनसकेको हो। अर्का महामन्त्री गगन थापाले भने हालसम्म देउवालाई सम्पर्क गरेका छैनन्।

गत भदौ २४ गते काठमाडौंमा जेनजी आन्दोलनकारीले गरेको आक्रमणमा परेर देउवा घाइते भएका थिए। धारिलो हतियारको प्रहारले उनको टाउकोमा चोट लागेको थियो भने घरमा लुटपाट र आगजनीसमेत भएको थियो। देउवासँगै उनकी पत्नी सांसद आरजु राणा पनि घाइते भएकी थिइन्।

घटनापछि अस्पताल भर्ना भएका देउवालाई केही नेताले मात्र भेटेका थिए। तर पार्टीका दुई प्रमुख महामन्त्रीहरू भने अहिलेसम्म नपुगेको भन्दै आलोचना हुँदै आएको छ।

यता, कांग्रेसभित्र नेतृत्वप्रति असन्तुष्टि चुलिँदै गएको छ। महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको माग अघि सारेपछि पार्टीभित्र ध्रुवीकरण देखिएको छ। नेता गुरुराज घिमिरेसहित केही नेताहरूले केन्द्रीय नेतृत्व असफल भएको भन्दै हस्ताक्षर संकलन अभियान थालेका छन्।

महामन्त्रीद्वय निकटका कार्यकर्ताहरूले जिल्लास्तरबाट नेतृत्व परिवर्तनको मागसहित हस्ताक्षर संकलन गरिरहेका छन्। यसैबीच, शेखर कोइराला पक्षले मंसिरमै नियमित महाधिवेशनको माग गरिरहेको छ भने देउवा पक्षले केन्द्रीय समितिबाट घोषित मितिमा नै महाधिवेशन गरिनुपर्ने अडान लिएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka