Premier Cables
Premier Steel

राजनीति

एमाले निर्वाचनको तयारी लाग्यो, ओलीकै नेतृत्वमा घोषणा पत्र लेखिंदै

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष २३, २०८२  | बिहान ७:२३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दालाई प्रमुखताका साथ उठाउँदै आएको नेकपा (एमाले)ले अन्य दलभन्दा एक कदमअघि बढेर निर्वाचनमा होमिने औपचारिक निर्णय गरेको छ ।

उच्चस्तरीय जाँचबुझ आयोगले अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा गरेलगत्तै एमाले चुनावतर्फ मोडिएको हो । एमालेले उपाध्यक्ष रामबहादुर थापालाई चुनावी कमाण्डर तोकेर निर्वाचनको तयारीमा जुटेको मात्र छैन, अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन घोषणापत्र मस्यौदा कमिटी समेत गठन गरेको छ।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचन हुनै नसक्ने र सरकारले गर्नै नचाहेको जिकिर गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दालाई प्राथमिकता दिँदै आएको नेकपा एमाले अन्तत: औपचारिक रूपमै चुनावमा होमिएको छ ।

एमालेले मुख्यत: जेन-जी आन्दोलनका बेला लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दीका कारण चुनाव भयरहित वातावरणमा हुन नसक्ने जिकिर गर्दै आएको थियो ।

राष्ट्रपति तथा प्रधानमन्त्रीले बोलाएका बैठकमा पनि यिनै कुरा एमालेले दोहोर्याउने गरेको थियो । तर मंगलबार एमाले अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचन प्रयोजनका लागि जिम्मेवारी दिएर फिल्डमा पठाउने निर्णय गरेको छ ।

उच्चस्तरीय जाँचबुझ आयोगले अध्यक्ष केपी शर्मा ओलीमाथिको स्थानहद फुकुवा गरेको भोलिपल्टै एमाले निर्वाचनतर्फ अघि बढेको हो ।

जसका लागि अध्यक्ष ओलीको नेतृत्वमा सात सदस्यीय घोषणापत्र मस्यौदा कमिटी गठन गरिएको छ । त्यस्तै उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्व आठ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत बनाइएको छ ।

एमालेले पदाधिकारीसहित सबै केन्द्रीय सदस्यहरुलाई निर्वाचनकेन्द्रित अभियानमा परिचालन हुन निर्देशनसमेत दिएको छ ।

त्यस्तै सातवटै प्रदेशसहितको निर्वाचनकेन्द्रित कार्य विभाजन गरेर नेताहरू खटाइएका छन् । कोशीमा सचिव शेरधन राईलाई खटाइएको छ भने मधेशमा लिलानाथ श्रेष्ठलाई पठाइएको छ ।

बागमतीमा सचिव महेश बस्नेत, राजधानी प्रदेशमा सचिव राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा सचिव पद्मा अर्याल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई जिम्मेवारी दिइएको छ ।

संगठन विभागको संयोजन गर्ने जिम्मेवारी सचिव भानुभक्त ढकालले पाउनुभएको छ । एमालेले निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्नेसम्मको तयारी पनि अघि बढाएको छ ।

एमालेले पार्टी केन्द्रीय कमिटीका निर्वाचित केन्द्रीय सदस्यहरुलाई केन्द्र र प्रदेशगत रूपमा युवा मतदाता केन्द्रित चुनावी अभियानमा पठाउने निर्णय गरेको छ ।

एमालेले राष्ट्रिय सभा निर्वाचनमा भने अन्य दलसँग सिट बाँडफाँटका साथ प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । दुई दिनअघिसम्म निर्वाचनका बारेमा फरक धारणा राख्दै आएको एमालेले जाँचबुझ आयोगको निर्णय लगत्तै निर्वाचनको तयारी थाल्नुलाई महत्वका साथ हेरिएको छ।

साथै, अब अध्यक्ष ओली आफैं काठमाडौं उपत्यकाबाहिर चुनावी कार्यक्रमका लागि जाने तयारीसमेत हुँदा निर्वाचनकेन्द्रित राजनीतिक गतिविधिले तिव्रता पाउने अपेक्षा स्वयम् एमालेलेसमेत गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka