Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा ग्लोबल आइएमई बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

Calendar शुक्रबार, पुष १८, २०८२  | राती ८:२१ बजे

विराटनगर । ग्लोबल आइएमइ बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा कोसी प्रदेशको राजधानी विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ‌ ।

उक्त कार्यक्रममा ३० पिन्ट रगत संकलन गरिएको बैंकले जनाएको छ ।

बिज्ञापन

रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो । रक्तदान जस्तो मानवीय तथा जीवनरक्षक कार्यमार्फत समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्न पाएकोमा बैंक परिवार गौरवान्वित रहेको जनाएको छ ।

यस्ता कार्यक्रमले आपतकालीन अवस्थामा रगतको अभाव झेलिरहेका बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रमको क्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गर्दै भविष्यमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा संकलित रगत विभिन्न अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार प्रयोग गरिने जनाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka