Premier Cables
Premier Steel

कोशी प्रदेश

शैक्षिक सामग्री बाँडेर पूर्व मुख्यमन्त्री केदार कार्कीले मनाए जन्मदिन

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष १६, २०८२  | साँझ ५:११ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।

जन्मदिनको अवसरमा उनले विराटनगरस्थित सम्पन्न बस्तीका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन्।

कार्कीको पहलमा यसअघि विराटनगरमा विपन्न मुसहर समुदायका लागि सामूहिक आवाससमेत निर्माण गरिएको छ, जसले उक्त समुदायको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

उनले प्रत्येक वर्ष आफ्नो जन्मदिनलाई औपचारिक कार्यक्रमभन्दा फरक ढंगले मनाउँदै शिक्षा, आवास र सामाजिक सहयोगजस्ता क्षेत्रमा योगदान गर्दै आएका छन्।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कार्कीले गरेको यस प्रकारको कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीले बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka