Premier Cables
Premier Steel

राजनीति

संसद पुनःस्थापना पक्षमा शेखर र उनको गुट पनि खुल्यो, कोइराला भन्छन्: चुनाव नभए पुनर्स्थापना

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष ०३, २०८२  | बिहान ८:०६ बजे
Hamro Biratnagar Headlines

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनाव नभए प्रतिनिधि सभा पुनःस्थापना हुने बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चुनाव नहुँदा संसद पुनर्स्थापना हुने स्पष्ट पारे।

बिज्ञापन

यसैबीच, कांग्रेसका निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धी पूरक रिट दायर गर्न पुनः हस्ताक्षर संकलन सुरु गरेका छन्। कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा पूर्वसांसदहरूलाई बोलाएर हस्ताक्षर गराइँदै आएको छ।

कांग्रेसका सात सांसदले वारेसमार्फत दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको दिन बुधबार पनि विघटित प्रतिनिधि सभाका सांसदहरूले हस्ताक्षर जारी राखेका थिए।

कांग्रेस संस्थापन पक्षका एक सांसदका अनुसार हालसम्म २९ जनाले हस्ताक्षर गरिसकेका छन्। हस्ताक्षरका लागि विघटित प्रतिनिधि सभाको परिचयपत्र र नागरिकताको सक्कल अनिवार्य रूपमा ल्याउन सांसदहरूलाई भनिएको छ।

संसद पुनःस्थापनाको विपक्षमा रहेका संस्थापनइतर नेता डा. शेखर कोइराला पक्षका केही पूर्वसांसदले समेत हस्ताक्षर सुरु गरेका छन्।

कोइरालानिकट सांसद सरिता प्रसाईंले बुधबार संसदीय दलको कार्यालय पुगेर हस्ताक्षर गरेकी छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka