Premier Cables

विराटनगर

भिजिट भिसा प्रकरण छानबिन सहज गर्न गृहमन्त्रीले राजीनामा दिनुपर्छ : डा. शेखर कोइराला

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ १०, २०८२  | अपराह्न ३:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने बताएका छन् ।

अध्यागमन विभागबाट भिजिट भिसाको चलखेल प्रकरण बाहिर आएपछि गृहमन्त्रीको नामसमेत जोडिन थालेपछि विभिन्न टिका टिप्पणी हुन थालेको छ । यही सन्दर्भलाई लक्षित गर्दै नेता कोइरालाले नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका हुन् ।

विज्ञापन

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले भने,“अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुन्छ ।” कोइरालाले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको बताए ।

मन्त्री लेखकले राजीनामाा दिंदा उनकै नैतिकता सघाउ पुग्ने भन्दै कोइरालाले नैतिकताको हिसाब म क्लिन छु भन्न पनि राजीनामा उपयुकत् हुने जिकिर गरे ।

“मैले राजीनामा गरे । छानबिन समिति बनाउनुस्, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि”, कोइरालाले भने । राजीनामालेले मोरल स्ट्याटस देखिने कोइरालाको तर्क थियो ।

नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेन्ट क्लब जस्तो भएको भन्दै कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको बताए । उनले भने,“लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरुले जनमत संग्रहबाट डराउन हुँदैन ।” कोइरालाले केही समययता हिन्दू राष्ट्रको विषयमा निर्णय लिन सकिने बताउँदै आएका छन् ।

कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह गराउन सक्नुपर्ने उनको जोड छ ।
२०८२ सालको मंसिर महिनामा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको उनले सुनाए । यसका लागि दबाब दिन उनले कांग्रेस कार्यकर्ताहरुलाई आह्वान पनि गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka