Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

५९ वर्षमा कोसी प्रदेश प्रहरी तालिम केन्द्रबाट ८४ हजार प्रहरी ‘पास आउट’

Calendar आइतबार, मंसिर २८, २०८२  | साँझ ७:३१ बजे

विराटनगर । विराटनगरस्थित नेपाल प्रहरीको तालिम केन्द्रले करिब छ दशकको अवधिमा ८४ हजारभन्दा बढी प्रहरी जनशक्ति उत्पादन गरेको छ ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्रले स्थापना भएको ५९ वर्षको अवधिमा कुल ८४ हजार २ सय ७ जना प्रहरीलाई तालिम प्रदान गरेको जनाएको छ ।

बिज्ञापन

२०२३ सालमा सुनसरीको धरानमा स्थापना भएको उक्त तालिम केन्द्र २०३३ सालमा धरानबाट विराटनगरको सीमावर्ती क्षेत्र रानीमा स्थानान्तरण गरिएको थियो । तालिम केन्द्रका प्रवक्ता डीएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार हालसम्म ८४ हजार २ सय ७ जनाले यही केन्द्रबाट प्रशिक्षण लिएका छन् ।

विराटनगरस्थित तालिम केन्द्रले प्रहरी जवानका लागि आधारभूत तालिम र प्रहरी सहायक निरीक्षकका लागि अल्पकालीन तालिम सञ्चालन गर्दै आएको छ । साथै, प्रहरी जवानदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका लागि सेवाकालीन तालिमहरू पनि नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।

तालिम केन्द्रले आइतबार आफ्नो ५९ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविर तथा विभिन्न प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रमहरू आयोजना गरिएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka