Premier Cables
Premier Steel

विराटनगर

चाडपर्व सुरक्षित, मर्यादित र भयरहित वातावरणमा मनाउन प्रहरी प्रमुखलाई निर्देशन

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०२, २०८२  | साँझ ४:२७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले दिपावली, छठ, उधौली लगायतका चाडपर्वहरूलाई हर्षोल्लासपूर्वक, मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउन आवश्यक सुरक्षात्मक व्यवस्थाहरू मिलाउन निर्देशन दिएका छन्।

कात्तिक २ गते आयोजित एक भर्चुअल कार्यक्रममा उनले कोशी प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुखहरू र इलाका प्रहरी कार्यालयका प्रमुखहरूलाई चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत प्रहरी परिचालन गर्न आदेश दिएका हुन्।

बिज्ञापन

उनले चाडपर्वको अवसरमा हुनसक्ने अवाञ्छित गतिविधि, कालोबजारी, खुला सीमाबाट हुने चोरी तथा तस्करी, लागूऔषधको प्रयोग र ओसारपसार, झैँझगडा, जुवा–तासलगायत गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिए।

त्यसैगरी, चाडपर्वका अवसरमा लाग्ने मेलापर्व, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसलहरूमा सुरक्षा सतर्कता बढाउन र सरोकारवाला निकायहरूसँग समन्वयमा प्रभावकारी बजार अनुगमन गर्न पनि निर्देशन दिइएको छ। यात्रुहरूको आवागमन सहज बनाउन र सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न प्रभावकारी ट्राफिक व्यवस्थापनको व्यवस्था गर्न समेत निर्देशन दिइएको छ।

प्रदेश प्रहरी प्रमुख कार्कीले मौसम प्रतिकूलताका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो, डुवानजस्ता सम्भावित विपद्‌का घटनामा प्रहरी बल सम्वेदनशील भएर अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी आवश्यकताअनुसार परिचालनमा रहनुपर्नेमा पनि जोड दिए।

भर्चुअल कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलसहित अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka