Premier Cables
Premier Steel

राष्ट्रिय

शेरधन राईद्वारा एमाले सचिवमा उठ्ने घोषणा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर २६, २०८२  | बिहान १०:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११औँ महाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

राजधानीमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले पार्टीभित्र आफूलाई सचिवका रूपमा अघि बढाउने वातावरण बनेकाे बताउँदै सो पदका लागि तयारी थालेको जानकारी दिए। अध्यक्ष केपी शर्मा ओलीप्रति निरन्तर विश्वास र साथ जनाउँदै आएका राईले दीर्घ अनुभव र जिम्मेवारी सम्हाल्दै आएको क्रमले आफ्नो दाबी स्वाभाविक रहेको उल्लेख गरे।

बिज्ञापन

‘पार्टी पदाधिकारीमा क्रमशः अघि बढ्दै आएको अनुभवका आधारमा मेरो दाबी सचिव पदमा रहनेछ,’ राईले भने।

उनले चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा पनि पदाधिकारी बन्ने इच्छा रहेको तर पार्टीभित्रको सहमतिको पक्षमा उभिँदै स्थायी कमिटी सदस्यमै बस्नुपरेको स्मरण गरे।

पार्टीका चुनौतीपूर्ण क्षण र सङ्कटका समयमा नेतृत्वप्रति अडिग रूपमा उभिइ आएको दाबी गर्दै राईले थपे, ‘म पार्टीबाट कहिल्यै नबरालिएको मान्छे हुँ। कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु।’

राईले पार्टीको विधि, प्रक्रिया र नेतृत्वलाई निरन्तर समर्थन गर्दै आएको उल्लेख गर्दै यसपटक पदाधिकारीमा निर्वाचित हुनेमा आफू विश्वस्त रहेको स्पष्ट पारे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka