२०८२ जेठ ०२, शुक्रबार
Premier Cables

अन्य

पटकपटक बिजुली गएपछि प्राधिकरणका निर्देशकले गरे निरीक्षण

Hamro Biratnagar Calendar बिहिबार, जेठ ०१, २०८२

विद्युत वितरण प्रसारणमा समस्या देखिएपछि विद्युत प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग स्विचाटारको निरीक्षण गर्नुभएको छ । प्रणालीमा समस्या देखिएपछि कार्यकारी निर्देशक शाक्यले आकस्मिक अवलोकन गर्नुभएको हो । विभागमा प्रत्यक्ष रूपमा बसेर उहाँले ढल्केबर गृड महाशाखाका प्रमुख विनोद लोहनीलाई निर्देशन दिई समस्या समाधानका लागि अग्रसरता लिनुभएको छ ।

बिज्ञापन

भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर मुजफरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा पटकपटक विद्युत अवरुद्ध भइरहेको छ । ‘विशुद्ध प्राविधिक समस्याको कारण विद्युत प्रसारण पटकपटक अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । ‘यो विशुद्ध प्राविधिक समस्या हो । त्यसैले यसलाई लोडसेडिङ जोड्ने गलत छ ।’आजै तीनपटकसम्म प्रसारण अवरुद्ध भएको छ । पहिलोपटक साँझ साढे ६ बजेतिर अवरुद्ध भएको बिजुली करिब एक घण्टापछि आएको थियो ।करिब ८ बजे पुनः आएको बिजुली १५ मिनेटपछि पुनः अवरुद्ध भएको छ । यसबाट काठमाडौंसहित देशको अधिकांशको जनजीवन प्रभावित बनेको छ ।

बिज्ञापन

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement