Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इन्डिोगोका अवरुद्ध अधिकांश उडान आइतबारबाट सूचारु

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर २१, २०८२  | बिहान १०:४० बजे
Hamro Biratnagar Headlines

नयाँ दिल्ली। लगातार छ दिनसम्म देशभर सिर्जना भएको अव्यवस्थापछि इन्डिगो एयरलाइन्सले आइतबार आफ्नो अधिकांश उडान सेवा पुनःस्थापना गरेको जनाएको छ।

कम्पनीका अनुसार उसले उडान संख्या बढाउँदै दैनिक १,५०० भन्दा बढी उडान सञ्चालनमा ल्याएको र १३८ मध्ये १३५ गन्तव्यमा सेवा पुनःजोडिएको छ।

बिज्ञापन

शनिबार भने इन्डिगोले करिब ७०० उडान मात्र सञ्चालन गरेको थियो, जुन अव्यवस्था नियन्त्रण गर्न ‘प्लान्ड रिबुट’ को रूपमा अपनाइएको कदम भएको कम्पनीको भनाइ छ। पछिल्लो केही दिनयता प्रणालीगत समस्या र कर्मचारी रोस्टर अव्यवस्थाले हजारौँ यात्रुहरू विभिन्न विमानस्थलमा अलपत्र परेका थिए।

यसबीच, इन्डिगोको अव्यवस्थाप्रति राजनीतिक टिप्पणी र नियामक निकायको चासो बढेको छ। वरिष्ठ कांग्रेसी नेता पी. चिदम्बरमले उत्पन्न अवस्था इन्डिगो व्यवस्थापन र नागरिक उड्डयन मन्त्रालयको “ठूलो असफलता” भएको टिप्पणी गरेका छन्। उता, नागरिक उड्डयन महानिर्देशालयले ठूला स्तरका प्राविधिक तथा सञ्चालनगत कमजोरीका कारण एयरलाइन्सका सीईओ पिटर एल्बर्स र ‘अकाउन्टेबल म्यानेजर’ इसिड्रो पोर्क्वेरासलाई कारण देखाऊ नोटिस जारी गरेको छ।

इन्डिगोले भने केही दिनयता देखा परेका समस्या समाधान हुँदै गएको र उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्काउन प्रयास भइरहेकाे जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka