Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

गोवा नाइट क्लबमा ग्याँस सिलिन्ड विस्फोट हुँदा २३ जनाको मृत्यु

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर २१, २०८२  | बिहान ९:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। भारतको गोवाको उत्तरी क्षेत्रमा रहेको अर्पोराको एक नाइटक्लबमा ग्यास सिलिन्डर विस्फोट भई लागेको आगलागीमा २३ जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार किचनमा काम हुँदै गर्दा अचानक सिलिन्डर फुटेपछि आगो फैलिएको हो।

बिज्ञापन

समाचार एजेन्सी पीटीआईका अनुसार गोवा डीजीपी आलोक कुमारले राति १२ः०४ बजे घटना सम्बन्धी जानकारी प्राप्त भएपछि प्रहरी, दमकल र एम्बुलेन्सको टोली तुरुन्तै घटनास्थलतर्फ पठाइएको बताए। उनका अनुसार सबै शव फेला पारिएको छ।

आगो क्लबको भुइँतलामा रहेको किचनबाट सुरु भएको पुष्टि भएको छ र घटनामा २३ जनाले ज्यान गुमाएका छन्।

स्थानीय बासिन्दा तथा कर्मचारीहरूले बताएअनुसार आगलागीका बेला क्लबमा कामदारहरूका साथै केही अन्य व्यक्तिहरू पनि उपस्थित थिए। मृतकमध्ये चारजना पर्यटक रहेको पनि पुष्टि भएको छ।

२३ जनामध्ये तीनजनाको मृत्यु आगोले जलेर र बाँकीको धुँवामा निसास्सिएर भएको इन्डियाटुडेको रिपोर्टमा उल्लेख छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa