समयको पदचाप बुझ्न नसक्दा कांग्रेसमा युवा पलायन बढेको होः साह
नोट: यो समाचार १ महिना अघिको हो
शुक्रबार, मंसिर १९, २०८२ |
बिहान ११:२० बजे
विराटनगर । युवा नेता वीरेन्द्र कुमार साहले नेपाली कांग्रेसमा युवाको मनोभाव बुझ्ने र अवसर दिइने परिपाटी घट्दै जँदा युवा आकर्षण बढेको बताएका छन् ।
काठमाडौ पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका साहले कांग्रेसले समयको पदचाप पछ्याउन नसक्दा पार्टीबाट युवा पलायन बढेको समेत बताएका छन् ।
बिज्ञापन
कांग्रेस मोरङ सदस्य तथा सूचना विभाग प्रमुख साहले हालै कांग्रैस परित्याग गरेका थिए । अब मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचन तयारीमा जुट्ने गरी साहलाई रास्वपाले जिम्मेवारी दिएको बताइएको छ ।