Premier Cables
Premier Steel

विराटनगर

सरकारी कार्यालय जलाउने माओवादी नेता ताजीम अन्सारी पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर १४, २०८२  | राती ८:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ सरकारी कार्यालयमा आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा माओवादी नेता ताजीम अन्सारी पक्राउ परेका छन्।

जेनजी आन्दोलनका क्रममा मोरङको जिल्ला प्रशासन कार्यालयसहित विभिन्न सरकारी भवनमा आगजनी गर्न नेतृत्व गरेको आरोप लागेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आइतबार विराटनगरबाट पक्राउ गरेको हो।

बिज्ञापन

अन्सारी विघटित प्रतिनिधिसभाका माओवादी केन्द्र सांसद अमनलाल मोदीका स्वकीय सचिवसमेत रहेका थिए।

आन्दोलनका समयमा प्रशासन कार्यालयका सामग्री बाहिर निकालेर आगो लगाउँदै गरेको अन्सारीको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेपछि उनको भूमिका बढी चर्चामा आएको थियो।

अन्सारीसहित पक्राउ पर्नेहरूमा आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल छन् ।

भिडियो सार्वजनिक भएपछि अन्सारीले आफूले सामान जोगाउने प्रयास गरेको दाबी गरे पनि उनी प्रहरीको खोजी सूचीमा परेका थिए।

यस्तै, मोरङ प्रहरीले यसअघि पनि तोडफोड र आगजनीमा संलग्न अन्य व्यक्तिलाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka