२०८२ जेठ ०१, बिहिबार
Premier Cables

तीन हजार पाँच सय घट्यो सुनको मूल्य

Hamro Biratnagar Calendar बिहिबार, जेठ ०१, २०८२

बुधबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । आज तोलामा तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला ३५ रुपैयाँले गिरावट भएको छ ।

बिज्ञापन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८१ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी १ हजार ९२५ मा बेचबिखन भइरहेको छ ।

बिज्ञापन

बुधबार प्रतितोला सुन १ लाख ८५ हजार ३०० र त्यति नै परिमाणको चाँदी १ हजार ९६० मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement