Premier Cables
Premier Steel

विराटनगर

महेश बस्नेतलाई मसी छ्याप्ने युवा भन्छन्- विरोध गर्ने शैली हुन्छ, त्यसैले मसी छ्यापेको हुँ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०७, २०८२  | अपराह्न १२:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि आइतबार (मंसिर ७) मोरङको विराटनगरमा आक्रमणको प्रयास भएको छ। स्थानीय अर्पित कुँवरले बस्नेतको गाडीमा मसी छ्यापेका हुन्।

कुँवरले आफूले कसैलाई निषेध नगरेको बताएका छन्। उनका अनुसार विरोधका विभिन्न शैली हुन सक्छन्। उनले भने, “विरोध गर्ने शैली हुन्छ, मैले कसैलाई निषेध गरेको हैन। मैले उहाँहरूको शैली र प्रवृत्तिलाई कालो झन्डा देखाएको हुँ।”

बिज्ञापन

कुँवरले भदौ २३ गते मच्चाइएको हत्याकाण्डको विरोधमा बस्नेत सवार गाडीमा रातो मसी छ्यापेको बताएका छन्। मसी छ्यापिएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

कुँवरलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। घटना तब भएको हो जब बस्नेत सुनसरीको इटहरीमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन विराटनगर विमानस्थलबाट बाहिर निस्किँदै थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka