Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

दिल्ली विस्फोट: घटनास्थलको नमूनासंग उमरकी आमाको ‘डिएनए म्याच’

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २८, २०८२  | अपराह्न १२:०५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं। भारतको दिल्लीस्थित प्रसिद्ध लालकिल्लाको नजिक कार विस्फोट गराउने आरोपी उमर मोहम्मद उर्फ उमर उन–नबीको कश्मीरस्थित घर आज बिहान सुरक्षाकर्मीहरूले भत्काएका छन्। दक्षिण कश्मीरको पुलवामा क्षेत्रमा सुरक्षाकर्मीहरूको रोहबरमा चिकित्सक उमरको घर भत्काइएको हो।

सोमबार साँझ भएको विस्फोटको प्रारम्भिक अनुसन्धानअनुसार, उक्त घटनामा १३ जनाको मृत्यु भएको थियो भने २० भन्दा बढी घाइते भएका थिए।

बिज्ञापन

अनुसन्धानबाट यो कुरा स्पष्ट भएको छ कि फरिदाबादस्थित अल–फलाह विश्वविद्यालयमा कार्यरत चिकित्सक उमरले नै लालकिल्लानजिक नेताजी सुभाष मार्गको ट्राफिक सिग्नल छेउमा विस्फोट गराउन प्रयोग भएको हुन्डाई आइ-२० कार चलाएका थिए।

विस्फोटस्थलमा भेटिएका डीएनए नमूना र उनकी आमाबाट संकलित नमूनाहरू मिल्दा कारमा उमरको उपस्थिति पुष्टि भएको थियो।

कश्मीरमा उमरको घर भत्काउने कारबाही भारतीय भूमिमा आतंकवादी गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा सन्देश दिने उद्देश्यले गरिएको समाचारमा उल्लेख छ। यसअघि पनि पहलगाममा आतंकवादी हमलाको योजनामा संलग्न व्यक्तिहरूको घर भत्काइएको थियो।

दिल्ली विस्फोट अघि उमरका सहकर्मी तथा चिकित्सक मुजम्मिल र शाहीन सइदबाट करिब २९ सय किलोग्राम बम बनाउने सामग्री र अत्याधुनिक आक्रमण राइफलसहित विस्फोटक पदार्थ बरामद गरिएको थियो।

यी दुवै चिकित्सक अहिले हिरासतमा छन् र फरीदाबादमा ठूलो मात्रामा विस्फोटक पदार्थ जम्मा गर्नुको पछाडिको षड्यन्त्रबारे उनीहरूको सोधपुछ भइरहेको बताइएको छ।

अनुसन्धानकर्ताहरूले जैश-ए-मोहम्मद र अन्सार गज्वात उल-हिन्दसँग सम्बन्धित एक आतंकवादी समूहले अझ ठूलो हमला गर्ने योजना बनाएको आशंका व्यक्त गरेका छन्।

उमरका सहकर्मीहरूको पक्राउपछि उनलाई आत्तिएर दिल्ली विस्फोटमा संलग्न भएको हुनसक्ने प्रारम्भिक विश्लेषणले संकेत गरेको छ, एनडीटीभीले जानकारी दिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka