Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

दिल्लीको लालकिल्ला नजिक कारमा शक्तिशाली विस्फोट, कम्तिमा आठ जनाको मृत्यु

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक २४, २०८२  | राती ९:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्ली स्थित लालकिल्ला नजिक सोमबार साँझ पार्क गरिएको कारमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। विस्फोटको तीव्रता यति ठूलो थियो कि वरपरका सवारीसाधनमा आगो लागेको र नजिकका घर तथा पसलका सिसा फुटेका छन्।

घटनामा अन्य धेरै व्यक्ति घाइते भएको आशंका गरिएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई नजिकका अस्पतालमा पठाइएको भारतीय संचारसंस्था द हिन्दुले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

बिज्ञापन

दिल्ली प्रहरीले घटनापछि उच्च सतर्कता अपनाएको छ। दिल्ली फायर सर्भिसका अनुसार सातवटा दमकल गाडी घटनास्थलमा खटाइएका थिए र प्रहरीले सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरेको छ।

दिल्ली फायर सर्भिसका एक वरिष्ठ अधिकृतले भने, “विस्फोट लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिक पार्क गरिएको कारमा भएको हो। विस्फोटको तीव्रता निकै उच्च थियो, घाइते हुने सम्भावना धेरै छ।”

घटनाको भिडियोहरूमा जलिरहेका सवारीसाधनबाट ठूला आगोका मुस्ला निस्किरहेको देखिन्छ। ठूलो आवाजसँगै भएको विस्फोटपछि वरपरका मानिसमा आतंक फैलिएको थियो।

सुरक्षा निकायहरूले घटनाको कारणबारे अनुसन्धान थालेका छन् र आतंकवादी आक्रमणको सम्भावनालाई पनि अस्वीकार गरिएको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa