Premier Cables
Premier Steel

अन्य

खोप लगाउन छुटेकालाई आज पुनःसेवा दिइँदै

नोट: यो समाचार ९ महिना अघिको हो

Calendar बुधबार, बैशाख ३१, २०८२  | अपराह्न १२:०६ बजे

नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदैछ। स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको छ। बालबालिकालाई विद्यालय भर्ना हुन खोपकार्ड अनिवार्य गरिएको छ।

यसैबीच, चितवन जनस्वास्थ्य कार्यालयले जिल्लाका अभिभावकहरुलाई सबै पालिकाबाट खोप लगाउने व्यवस्था गरिएकाले खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई खोप सेवा लिन अनुरोध गरेको छ।

कार्यालयका कीटनियन्त्रक राम केसीका अनुसार नियमित खोप छुटेका बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार आज खोप लगाइने छ। जिल्लाका सातवटै पालिकाका सरकारी स्वास्थ्य संस्थाबाट खोप लगाइने छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka