Premier Cables
Premier Steel

समाचार

भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको तयारी

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ ०२, २०८२  | अपराह्न १:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले अन्तिम तयारीलाई तीव्रता दिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले ‘निर्वाचन आचारसंहिता, २०८२’ स्वीकृत गरिसकेको छ भने यसको प्रभावकारी कार्यान्वयनका विषयमा आजदेखि राजनीतिक दलहरूसँग विस्तृत छलफल सुरु गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले आगामी माघ ३ गतेदेखि देशभर आचारसंहिता लागू गर्ने तयारी गरेको छ। फागुन २१ गते हुने मतदान र माघ ६ गतेका लागि तय गरिएको उम्मेदवारी मनोनयन कार्यक्रमलाई ध्यानमा राख्दै माघको पहिलो सातादेखि नै आचारसंहिता कार्यान्वयनमा ल्याउन लागिएको हो।

बिज्ञापन

आयोगले आज संसद्मा प्रतिनिधित्व गर्ने तथा निर्वाचनमा सहभागी हुने दलहरूसँग आचारसंहिताका प्रावधान र त्यसको पालनाबारे छलफल गरिरहेको छ। छलफलमा निर्वाचन प्रचारप्रसार खर्चको सीमा, सामाजिक सञ्जालको प्रयोग, सरकारी स्रोत–साधनको दुरुपयोग रोक्ने व्यवस्था तथा बालबालिकाको प्रयोग निषेधलगायत विषयमा दलहरूको प्रतिबद्धता माग गरिएको छ।

‘आचारसंहिता कागजमै सीमित नहोस् भन्ने हाम्रो उद्देश्य हो,’ प्रवक्ता भट्टराईले भने, ‘यसको कार्यान्वयनमा आयोगले कडा निगरानी गर्नेछ।’

यद्यपि, नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो आधिकारिकता विवाद र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईसहित केही कानुनविद्हरूले उम्मेदवारी मनोनयनको मिति केही दिन सार्नुपर्ने सुझाव दिइरहेका सन्दर्भमा आयोगले आवश्यक परे केही लचिलो निर्णय लिन सक्ने संकेत पनि देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka