Premier Cables
Premier Steel

विराटनगर

जेनजी आन्दोलनले नयाँ सन्देश दिएको छ: सांसद मण्डल

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २७, २०८२  | साँझ ६:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित स्वतन्त्र सांसद योगेन्द्र मण्डलले जेनजी आन्दोलनले मुलुकमा नयाँ चेतना र सन्देश ल्याएको बताएका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद मण्डलले युवाहरूले सुरु गरेको यो आन्दोलनले भ्रष्टाचार र कुशासनविरुद्धको संघर्षलाई थप सशक्त बनाएको बताएका हुन्।

बिज्ञापन

उनका अनुसार जेनजी युवाहरूको आन्दोलन सफल बन्दै गएको छ र यसलाई सार्थक निष्कर्षमा पुर्‍याउन सबै पक्षको सहयोग आवश्यक छ। “म स्वयं भ्रष्टाचारविरुद्ध स्वतन्त्र राजनीतिमा होमिएको व्यक्ति हुँ, त्यसैले म जेनजी युवाहरूको अभियानसँग सहकार्य गर्न तयार छु,” सांसद मण्डलले बताएका छन्।

उनले युवाहरूको राजनीतिमा सक्रिय सहभागिताले राष्ट्र निर्माणको नयाँ ढोका खोलेको उल्लेख गर्दै भने, “युवाहरू देशका आधारस्तम्भ हुन्। उनीहरूको ऊर्जा, विवेक र क्षमताले नेपालको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।”

जेनजी आन्दोलनले दिएको सन्देशलाई आत्मसात गर्दै उनले सबै युवालाई एकआपसमा हातेमालो गर्दै सुन्दर नेपाल निर्माणको यात्रामा अघि बढ्न आह्वान गरेका छन्।

सांसद मण्डलले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, आन्दोलनका क्रममा ऐतिहासिक तथा राष्ट्रिय सम्पदाहरूमा पुगेको क्षतिप्रति दुःख पनि व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa