Premier Cables
Premier Steel

समाचार

मोरङको सुकेपोखरीमा फेला पर्‍यो १८ करोड वर्ष पुरानो दुर्लभ सेलामेन्डर

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २१, २०८२  | बिहान ५:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

लेटाङ । लेटाङ–७ वारङ्गीस्थित सुकेपोखरी क्षेत्रमा नेपालको अत्यन्त दुर्लभ उभयचर जनावर सेलामेन्डर (Salamander) फेला परेको खबर सार्वजनिक भएको छ। वैज्ञानिक नाम Tylototriton verrucosus रहेको यो प्रजाति करिब १८ करोड वर्ष अगाडि डाइनोसरहरू बाँच्दाको युगको जीवित इतिहास बोकेको मानिन्छ।

विशेषज्ञहरूका अनुसार यो प्रजाति नेपालमा पाइने हिमालयन सेलामेन्डर हो, जुन देशका सबैभन्दा दुर्लभ उभयचर जनावरमध्ये एक हो। यसको शरीर कालो–खैरो रङको हुन्छ र टाउकोदेखि पुच्छरसम्म सुन्तलाम्मे धर्सा देखिन्छ। छालामा साना दाना (warts) देखिने भएकाले यसलाई Crocodile Newt पनि भनिन्छ।

बिज्ञापन

सेलामेन्डरहरू प्रायः १००० देखि २५०० मिटर उचाइमा पर्ने ओसिला वन क्षेत्र र पोखरी वरिपरिका चिसा स्थानहरूमा बसोबास गर्छन्। यस्तै वातावरण भएकै कारण लेटाङ–७ को सुकेपोखरी यस दुर्लभ प्रजातिको लागि उपयुक्त बासस्थान बनेको विशेषज्ञहरूको भनाइ छ।

स्थानीय बासिन्दाहरूका अनुसार, वर्षातको समयमा विशेषगरी राति यो जनावर पोखरी वरिपरि देखिने गर्छ। यो रात्री–सक्रिय (nocturnal) प्रजाति हो, जसले साना किरा, कीराका लार्भा र फ्याँक्रा (earthworms) खान मन पराउँछ।

यी जीवहरू जैविक विविधताको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छन् र तिनको संरक्षणका लागि वैज्ञानिक तथा सरोकारवालाहरूले तत्काल पहल गर्नुपर्ने बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa