Premier Cables
Premier Steel

राजनीति

पुराना नेता निर्वाचनमा हराउन नयाँ र वैकल्पिक शक्तिको छलफल

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | अपराह्न १२:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पुराना राजनीतिक दलहरूलाई निर्वाचनमार्फत चुनौती दिने उद्देश्यले नयाँ र वैकल्पिक शक्तिहरूबीच समन्वय र एकता प्रयास सुरु गरिएको छ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अग्रसरतामा बिहीबार बिहान नयाँ बानेश्वरमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेसपा नयाँ शक्ति, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियान नेपाल, विवेकशील साझा र उज्यालो नेपाल अभियानका नेताहरू सहभागी भएका थिए।

बिज्ञापन

छलफलमा सहभागी नेता सुदन किरातीका अनुसार भट्टराईले हालको राजनीतिक परिदृश्यमा पुराना भ्रष्ट नेतृत्व फेरि सक्रिय हुन खोजिरहेको उल्लेख गर्दै, ती शक्तिहरूलाई निर्वाचनमै पराजित गर्न नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्ने प्रस्ताव राखेका थिए।

किरातीले भने, “डा. भट्टराईको नेतृत्वमा पुराना भ्रष्ट शक्तिहरूलाई कसरी परास्त गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भएको हो। जेनजी आन्दोलनपछि रूपान्तरणको साटो ती शक्तिहरू झन् हुँकार गर्न थालेका छन्, त्यसैले नयाँ शक्तिहरूबीच एकता अबको आवश्यकता हो।”

छलफलमा भट्टराईले जनतामाझ बढ्दो राजनीतिक निराशा र मोहभंगलाई समयमै सम्बोधन गर्न नसके देश ठूलो जोखिमतर्फ जान सक्ने चेतावनी दिएका थिए। उनले भने, “सानातिना स्वार्थहरू छोडेर सबै वैकल्पिक शक्ति एक ठाउँमा आएर निर्वाचनमा जानुपर्छ। जनतामा फैलिएको निराशा अन्त्य गर्न नसकिए देश अझ ठूलो संकटमा पर्न सक्छ।”

भट्टराईको प्रस्तावलाई सहभागी सबै नेताहरूले सकारात्मक रूपमा लिएर छलफललाई निरन्तरता दिने सहमति जनाएका थिए। छलफलमा भट्टराईसँगै रास्वपाका कार्यवाहक उपसभापति डोलप्रसाद अर्याल, प्रगतिशील अभियानका नेताहरू जनार्दन शर्मा र सुदन किराती, नयाँ शक्तिकी उपाध्यक्ष मानुषी भट्टराई र विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा लगायत सहभागी थिए।

छलफलपछि नेसपा नयाँ शक्तिले जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग पनि छुट्टै संवाद गरेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa