Premier Cables
Premier Steel

अन्य

चोरमारामा वैकल्पिक मार्गबाट यातायात सञ्चालन

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar मंगलबार, बैशाख ३०, २०८२  | बिहान १०:२१ बजे

पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत कावासोती दुम्कीबास खण्डको बीचमा पर्ने चोरमारामा पुल भाँच्चिएका कारण अलपत्र परेका सवारी साधनलाई वैकल्पिक सडकबाट वारपार गराइएको छ ।

जिल्ला प्रहरी उपरीक्षक यादव ढकालका अनुसार चोरमारा बजारबाट केही तल हुँदै गाडी वारपार गराइएको छ । चोरमारा बजारबाट दक्षिणमा रहेको नवजागरण क्याम्पस नजिकबाट गाडी पूर्व–पश्चिम जाने वैकल्पिक सडकबाट गाडी वारपार गराइएको छ । साना र यात्रुवहाक गाडीलाई प्राथामिकतामा राखेर यातायात सञ्चालन गराइएको उहाले बताउनुभयो ।

बिज्ञापन

२०३१ सालमा निर्माण गरिएको जीर्ण फलामे पुल आइतबार राति करिब १० बजे लच्किएपछि त्यहाँ यातायात आवागमन बन्द गराइएको छ । नारायणगढदेखि ४२ किलोमिटर पश्चिममा रहेको फलामे पुल लच्किएका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीकै दुम्कीबासको फलामे पुल भाँच्चिएको ४ महिनापछि त्यस्तै प्रकृतिको चोरमारा पुल भाँच्चिएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka