Premier Cables
Premier Steel

कोशी प्रदेश

धरान-धनकुटा सडक खण्ड भास्सियो

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १४, २०८२  | अपराह्न १:१६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको एक हिस्सा भासिँदा यातायात अवरुद्ध बनेको छ।

आज बिहान करिब ११ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाई नजिक करिब १० मिटर सडक भासिएपछि सो सडक एकतर्फी रूपमा सञ्चालनमा आएको हो। हाल साना सवारी साधन मात्र आवागमन गर्न सक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

घटनास्थलमा इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा ७ जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

सडक मर्मतका लागि सम्बन्धित निकायलाई जानकारी दिइएको र आवागमन सहज बनाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka