Premier Cables
Premier Steel

समाचार

सशस्त्र प्रहरीद्वारा धरानमा २१ सय किलो गाँजासहित ट्रक बरामद

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar सोमबार, असार ०२, २०८२  | साँझ ७:३४ बजे

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित सुभमार्ग शिवधाराबाट सशस्त्र प्रहरीले २ हजार १ सय ३० केजी गाँजा नियन्त्रणमा लिएको छ।

सोमबार भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा चेकजाँच गर्दा ७० बोरामा प्याक गरिएको गाँजा, ३१ बोरा अदुवा र अन्य तरकारी बरामद भएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले जनाएको छ।

बिज्ञापन

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय, सुनसरीका प्रवक्ता सुधीरजङ थापाका अनुसार ट्रकका चालक र गाँजा ल्याउने व्यक्ति फरार छन्। उनीहरूको खोजीकार्य जारी रहेको पनि प्रवक्ताले जानकारी दिए।

बरामद गरिएको गाँजा, अदुवा र ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, सुनसरीमा पठाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka