Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इजरायलले भन्योः विपिन जोशी जीवित छैनन्

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २७, २०८२  | बिहान ११:०२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । हमासद्वारा अपहरणमा परेका नेपाली युवा विपिन जोशी अब जीवित नरहेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्।

आज इजरायली प्रधानमन्त्री कार्यालयका प्रतिनिधि र सेनाको कमाण्डरले अमेरिका बसोबास गरिरहेकी विपिनकी आमा र बहिनी तथा नेपालस्थित आफन्त किशोर जोशीलाई यो दुःखद् जानकारी दिएको इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए।

बिज्ञापन

राजदूत पण्डितले टेलिफोनमार्फत भने, “विपिन जोशी अब जीवित छैनन् भन्ने औपचारिक सूचना प्राप्त भएको छ। सबैभन्दा पहिले इजरायली अधिकारीहरूले मलाई जानकारी गराए, त्यसपछि उनका परिवारजनलाई सूचित गरिएको हो। यद्यपि, हालसम्म विपिनको शवबारे ठोस जानकारी उपलब्ध छैन।”

२०८० असोज २३ गते, हमास समूहले इजरायलको किबुज आलुमिम क्षेत्रबाट विपिनलाई अपहरण गरेको थियो। उनले अपहरणपछि पनि मंसिरसम्म जीवित रहेको एक भिडियो सार्वजनिक भएको थियो। तर त्यसयता उनको अवस्थाबारे अनिश्चितता कायमै थियो।

इजरायल र हमासबीचको पछिल्लो सम्झौताअनुसार आज हमासले आफ्ना कब्जामा रहेका २० जना बन्धकहरू इजरायललाई हस्तान्तरण गर्दैछ। तर विपिन उनीहरूमध्येमा नरहेको पुष्टि भएको हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka