Premier Cables
Premier Steel

अपराध

दमकमा लागुऔषधसहित प्रहरीको हतियार लुटपाटमा संलग्न समूहका ८ जना पक्राउ

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २६, २०८२  | बिहान ९:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीको हतियार लुटपाटमा संलग्न एक अभियुक्तसहित ८ जना झापाबाट पक्राउ परेका छन्। उनीहरूलाई लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर (सेक्टर-१) बाट शनिबार साँझ पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय दमकका अनुसार, लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। टोलीले खानतलासी गर्दा ७ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

बिज्ञापन

पक्राउ पर्नेहरूमा आदित्य लिम्बू पनि छन्, जो जेनजी आन्दोलनको बेला इलाका प्रहरी कार्यालय दमकबाट हतियार लुटपाटको घटनामा संलग्न रहेको बताइएको छ। अर्का पक्राउ परेका निश्चल पोर्तेल मोरङ मिक्लाजुङ–८ का हुन्। उनी गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट फरार भएका थिए।

अन्य पक्राउ पर्नेहरूमा साजन थापा, दीपेश तामाङ, सनम राई, पविन विश्वकर्मा, सुचन दर्जी र विजय माझी छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka