Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

हमासले छाड्ने बन्धकको सूचीमा विपिनको नाम छैन्

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २४, २०८२  | बिहान ९:४४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । इजरायल र हमासबीच युद्धविरामको सहमति भएपछि हमासले रिहा गर्ने २० जना युद्धबन्दीको नाम सार्वजनिक गरेको छ। तर, सो सूचीमा कञ्चनपुरका विपिन जोशीको नाम भने समावेश छैन।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले रिहा हुने भनिएका व्यक्तिहरूको सूचीमा विपिनको नाम नरहेको पुष्टि गरेका छन्। उनका अनुसार सोमबारसम्म छोडिने भनिएका सबै २० जना युद्धबन्दी इजरायली नागरिकहरू हुन्।

बिज्ञापन

अमेरिकाको पहलमा दुई वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्न इजरायल र हमासबीच विहीबार युद्धविरामको सहमति भएको थियो। सहमतिको पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका जीवित तथा मृतक गरी ५० जनालाई रिहा गर्ने समझदारी भएको हो।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा हमला गर्दा अध्ययनको सिलसिलामा त्यहाँ रहेका विपिन जोशी बन्धक बनिएका थिए। उक्त हमलामा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने विपिनलाई हमास लडाकुहरूले कब्जा गरेर लगेका थिए।

सन् २०२३ नोभेम्बर १७ मा विपिनलाई गाजाको अल शिफा अस्पतालमा देखिएको थियो, तर त्यसयता उनको अवस्था स्पष्ट छैन। बुधबार सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियो पनि सोही समयको पुरानो फुटेज भएको राजदूत पण्डितले बताएका छन्।

राजदूत पण्डितले इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेर विपिनको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको जनाएका छन्। तर, हालसम्म ठोस सूचना नआएको उनको भनाइ छ।

उनले भने, “विपिनको अवस्था बारे हालसम्म केही निश्चित हुन सकेको छैन। तर, जतिसक्दो चाँडो जानकारी आउने आशामा छौं।”

परराष्ट्र मन्त्रालयका एक अधिकारीले पनि विपिनको अवस्थाबारे जानकारी लिन प्रयास जारी रहेको जनाउँदै इजरायल सरकारबाट “जुनसुकै अवस्थाको सूचना” आउन सक्ने भन्दै परिवारलाई मानसिक रूपमा तयार रहन सूचित गरिएको बताएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka