Premier Cables
Premier Steel

समाचार

मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा बन्द, सवारी आगमनमा रोक

Calendar शनिबार, असोज १८, २०८२  | साँझ ७:५४ बजे

काठमाडौं । पहिरोको उच्च जोखिमका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

शनिबार साँझ ६ बजेदेखि सबै प्रकारका सवारीसाधन आवागनमा रोक लगाइएको सडक डिभिजन भरतपुरले जजाएको छ ।

बिज्ञापन

सडक डिभिजन भरतपुरका अनुसार, देशका अधिकांश भूभागमा अविरल वर्षा भइरहेको र विशेषगरी तुइन खोलालगायत अन्य स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सडक बन्द गरिएको हो ।

सम्भावित दुर्घटनाबाट बच्न सुरक्षा निकायको समन्वयमा सडक बन्द गरिएको डिभिजनले जनाएको छ ।

डिभिजनले अत्यावश्यकका सवारीसाधनले यात्रा गर्नुपर्ने भएमा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न पनि हार्दिक आग्रह गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka