Premier Cables
Premier Steel

समाचार

टीकाअघि के गर्ने, कता फर्किएर लगाउने?

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज १६, २०८२  | बिहान १०:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आज दशैंको मुख्य दिन विजया दशमी। मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै छ। तर कतिपयलाई टीका लगाउँदा कुन दिशामा फर्किएर बस्ने भन्ने द्विविधा हुन सक्छ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११:५३ बजेको साइत उत्तम रहेको जनाएको छ।

बिज्ञापन

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ।

परम्परा अनुसार पूर्व-पश्चिम टीकाको साइत हो। पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ। सामान्यतया: पूर्व-पश्चिम नै हाम्रो पुरानो परम्परा हो।

दक्षिणतिर पितृ कर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन। कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन्।

टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किने र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

टीकाअघि के-के गर्नुपर्छ ?

दुर्गा बिसर्जन गरेपछि विजया दशमीको टीकाको क्रम सुरु हुन्छ। यस वर्ष बिहान ९:२३ मिनेटमा देवी बिसर्जनको साइत रहेको छ। सुरुमा कुल देवता, पितृ देवतालाई टीका चढाउनुपर्छ। कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने भन्ने परम्परा छ।

दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ। कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कूल देवतालाई सम्झेर जमरा काटिन्छ। दैला अर्थात मूलढोकामाथि टीका लगाउने गरिन्छ। त्यसपश्चात मान्यजनबाट टीका लगाइन्छ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान घाम झुल्केपछि सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने भएकाले विधिपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका मान्यजनको टीका थाप्न जान कुनै बाधा नपर्ने जनाएको छ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रूप मानी लगाउने गरिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka