Premier Cables
Premier Steel

समाचार

सञ्जालमा नयाँ ट्रेन्डः दलका झोले ‘एक्स्पोज’ गरिँदै

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बिहिबार, असोज ०९, २०८२  | बिहान १०:१४ बजे

विराटनगर । ‘नेपो बेबी’ ट्रेन्डको जगमा उठेको जेन-जी आन्दोलनले राजनीतिको केन्द्र हल्लाएको केही हप्ता नबित्दै युवाहरूको आक्रोशको निशाना अब दलका कार्यकर्ता तिर सोझिएको छ।

फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा ‘#exposejholey’ (झोलेलाई उदाङ्गो पारौं) ह्यासट्यागसहितको एक नयाँ ट्रेन्ड फैलिएको छ।

बिज्ञापन

यस अभियान केवल नेताहरूप्रतिको व्यङ्ग्यमा मात्र सीमित छैन, नेताहरूको वरिपरि रहने, उनीहरूको हरेक कदमको अन्धो समर्थन गर्ने र पार्टीको झण्डा बोकेर जुलुस धाउने कार्यकर्ताहरु प्रति लक्षित छ।

जेन-जी आन्दोलनपछि केही समय रक्षात्मक देखिएका पुराना दलका नेताहरू पुनः कार्यकर्ता भेला र सार्वजनिक कार्यक्रममा फर्किन थालेपछि युवाहरूले यसलाई पुरानै प्रवृत्तिको पुनरावृत्ति भन्दै कार्यकर्ता तहलाई नै निरुत्साहित पार्ने अभियान थालेका हुन्।

विशेषगरी, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुण्डुमा गरेको कार्यकर्ता भेटघाटका तस्बिर र भिडियोहरू यो ट्रेन्डको मुख्य स्रोत बनेका छन्।

टिकटक प्रयोगकर्ताहरूले नेतासँग सेल्फी खिचाउन तँछाडमछाड गर्ने कार्यकर्ताका क्लिपहरूलाई व्यङ्ग्यात्मक गीत र क्याप्सनहरू प्रयोग गरेर भाइरल बनाइरहेका छन्।

यो ट्रेन्ड चलाउने युवाहरूको तर्क छ- राजनीतिक दलभित्रको गलत संस्कृति र भ्रष्टाचारको जग यिनै ‘झोले’ कार्यकर्ता हुन्। उनीहरु नेतालाई प्रश्न गर्नुको साटो देवत्वकरण गर्छन्।

अभियानको शैली आक्रामक र प्रत्यक्ष छ। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र विशेषगरी एमाले नेता महेश बस्नेतका वरिपरि देखिने कार्यकर्ताहरूलाई निशाना बनाइएको छ।

उनीहरूले आफ्ना अभिभावकहरू समेत यस्ता गतिविधिमा संलग्न भए एक्सपोज हुने चेतावनी दिँदै पुराना दलको झण्डा बोकेर हिँड्नुले नयाँ पुस्ताको भविष्य बर्बाद हुने तर्क गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka