Premier Cables
Premier Steel

समाचार

नवरात्रिको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदै

Calendar मंगलबार, आश्विन ०७, २०८२  | बिहान ९:४० बजे

विराटनगर । नवरात्रिको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ। उनी कठोर तपस्या र आत्मबलको प्रतीक हुन्।

देवीको स्वरूप-शिरमा अर्धचन्द्र, शरीरमा आभूषण, दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु। पौराणिक मान्यताअनुसार, माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्न हजारौँ वर्षसम्म कठोर तपस्या गर्नुभयो।
अन्ततः पितामह ब्रह्माले प्रसन्न भई आशीर्वाद दिनुभयो – “तिमी महादेवलाई पति स्वरूप पाउनेछौ।”

बिज्ञापन

ब्रह्मचारिणीको पूजा विशेष गरी तप, धैर्य, आत्मबल र ज्ञानका लागि गरिन्छ। भक्तजनहरूले आराधना गर्दा आयु, शक्ति र सुख प्राप्त हुने विश्वास छ।

पूजाविधि सरल छ – देवीलाई फूल, अक्षत, रोली, चन्दन अर्पण गर्नुपर्छ, दूध वा दहीले स्नान गराई प्रसाद चढाउनुपर्छ र भक्तिपूर्वक प्राथना गर्नुपर्छ।

ब्रह्मचारिणी माताको पूजा आराधनाले अनन्त शुभफल प्राप्त हुने मान्यता छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka