Premier Cables
Premier Steel

मौसम

यस वर्षको दशैंमा पानी पर्ला? मौसमविद्हरू भन्छन्: हिले दशैंको सम्भावना

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज ०६, २०८२  | बिहान ८:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिएर दुर्गा पक्ष अर्थात् दशैं सुरु भइसकेको छ। आज असोज ६ गते घटस्थापना।

दशैं रमाइलो गरी मनाउने तयारी गर्नेहरूका लागि मौसम कस्तो होला भन्ने चासो स्वाभाविक हुन्छ। साँच्चै, कस्तो होला यो वर्षको दशैंमा मौसम?

बिज्ञापन

मौसमविद् डा. विनोद पोखरेलका अनुसार यस वर्ष हिले दशैं हुने सम्भावना धेरै छ। उनका भनाइमा भोलि घटस्थापनादेखि एक हप्तासम्म मौसम त्यति सक्रिय देखिँदैन तर साँझ तथा बेलुका केही ठाउँमा वर्षा हुने सम्भावना बाँकी नै छ। “अर्को हप्ता दशैंको मध्य बेलामा मौसम फेरि सक्रिय हुने देखिन्छ। जसका कारण नेपालभरि हिले दशैं हुने सम्भावना धेरै रहेको छ,” डा. पोखरेल भन्छन्।

बंगालको खाडीमा प्रणाली विकसित हुँदै

विपद व्यवस्थापन विज्ञ तथा मौसम अध्येता डा. धर्मराज उप्रेति पनि दशैंसम्म नेपालमा मनसुन कायमै रहने सम्भावना देखिएको बताउँछन्।

उनका अनुसार सेप्टेम्बर २५ तारिख अर्थात् असोज ९ गतेदेखि बे अफ बंगालमा पानी पार्ने एउटा प्रणाली विकसित हुँदैछ। त्यसको बढी असर बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालयमा पर्ने सम्भावना छ। नेपालको पूर्वी सिमानासम्म त्यसले आंशिक असर पार्ने भएकाले नेपालबाट मनसुन बाहिरिन केही हदसम्म रोक्ने हो कि भन्ने अनुमान गरिएको डा. उप्रेतीको भनाइ छ।

मौसम पूर्वानुमान गर्न प्रायजसो आइकोन, जीएफएस, ईसीएम डब्ल्यूएफ (युरोपियन मोडेल) प्रयोग गरिन्छ। यी मोडेलहरूले देखाएका सम्भावना भने समान छैनन्।

युरोपियन मोडेलले पूर्वी नेपालमा खासै पानी पर्ने सम्भावना देखाएको छैन। तर भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा ठूलो वर्षा हुने सम्भावना देखाएको छ। त्यसको असर नेपालको सुदूरपश्चिम प्रदेशसम्म पर्न सक्ने अनुमान छ।

मौसम पूर्वानुमानका विभिन्न मोडेलहरूले फरक–फरक सम्भावना देखाएकाले आधिकारिक सूचना जल तथा मौसम विज्ञान विभागबाटै लिनुपर्ने डा. उप्रेतिको सुझाव छ। डा. उप्रेति भन्छन्, “कुनै मोडेलले अर्को आइतबारदेखि पानी पर्ने सम्भावना कोशी प्रदेशदेखि गण्डकीसम्म देखाएको छ।

कुनै मोडेलले दशैंको दिन दिउँसो पनि पानी पर्ने सम्भावना देखाएका छन्। त्यसैले आधिकारिक जानकारी मौसम विज्ञान विभागबाटै लिँदा राम्रो हुन्छ।”

मौसम विज्ञान विभागका मौसमविद् के भन्छन्?

मौसम विज्ञान विभागले भने सामान्यतया तीन दिनभन्दा धेरै अवधिको मौसम पूर्वानुमानबारे औपचारिक जानकारी दिँदैन।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार दशैं विशेष बुलेटिन जारी गरेर मौसमबारे औपचारिक जानकारी दिइनेछ। तर त्यसका लागि केही दिन कुर्न र अन्यका सूचनामा विश्वास नगर्न उनले अनुरोध गरे।

जल तथा मौसम विज्ञान विभागका अर्का एकजना मौसमविदले बंगालको खाडीमा विकसित हुने प्रणालीको सिधा असर नेपालमा पर्ने सम्भावना नरहेको बताए। “त्यो प्रणाली मध्य भारत हुँदै बहने भएकाले नेपालमा सिधा असर पर्दैन,” ती मौसमविदले भने।

उनका अनुसार आज कोशी र बागमती प्रदेशका पहाडी भागका एक-दुई ठाउँमा मध्यम खालको वर्षाको सम्भावना छ। भोलि र पर्सि अधिकांश भूभागमा मौसम सफा हुने सम्भावना छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka