Premier Cables
Premier Steel

राष्ट्रिय

तलेजु भवानी मन्दिर नवमीमा एक दिनलाई खुला, भक्तजनको घुइँचो

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज १५, २०८२  | बिहान ९:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबार परिसरस्थित तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

दसैँको महानवमीका अवसरमा विशेष पूजा-अर्चनासहित मन्दिर खुलाइएको हो।

बिज्ञापन

वर्षमा एक दिन, केवल महानवमीको दिन मात्र सर्वसाधारणका लागि खुल्ने यो मन्दिरमा दर्शन गर्नका लागि भक्तजनहरू विहानैदेखि लामबद्ध भएका थिए।

तलेजु भवानी मल्लकालीन राजाहरूकी कुलदेवी मानिन्छिन्। धार्मिक तथा सांस्कृतिक महत्वका कारण तलेजु मन्दिरको दर्शन गर्न पाउँदा श्रद्धालुहरू आफूलाई सौभाग्यशाली मान्छन्।

आजको दिन मन्दिरभित्र विशेष पूजा, बलि अर्पण तथा धार्मिक अनुष्ठानहरू गरिन्छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने भक्तजनलाई पंक्तिबद्ध रूपमा प्रवेश गराउन स्वयंसेवक र प्रहरीहरू परिचालन गरिएको छ।

मन्दिर प्रशासनका अनुसार हरेक वर्षझैँ यसपटक पनि दर्शनको व्यवस्था व्यवस्थित र शान्तिपूर्ण ढंगले गरिएको छ।

श्रद्धालुहरूको उत्साह, आस्था र सहभागिताले दरबार क्षेत्र पूरै भक्तिमय वातावरणमा परिणत भएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka