






विराटनगर । मोरङको जहदा गाउँपालिकाको धुनीमा ३० जना स्थानीय महिलाका ‘एडल्ट लिटरेसी’ कार्यक्रम सुरु भएको छ ।
तीन महिनासम्म संचालन हुने यो शैक्षिक(साक्षरता ) कार्यक्रममा ३० जना वयस्क महिला सहभागी छन् ।
सेप्टेम्बर १ तारिक देखि सञ्चालनमा आएको कक्षा संचालन गर्न रोट्री क्लब विराटनगर डाउनटाउनले सहयोग गरेको हो ।
यसको व्यवस्थापन स्थानीय जनता आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र प्रसाद मण्डलले गरेका छन् । विधालयले दुई जना शिक्षकको सहयोगमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ ।
सहभागीहरूको लागि अध्ययन सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न, त्रिपाल, कपी, किताब र स्टेशनरी रोट्री क्लब विराटनगर डाउनटाउनद्वारा वितरण गरिएको छ।
क्लबकी अध्यक्ष गिरिजा सारड़ाले यस कार्यक्रमको महत्वका बारेमा जानकारी दिँदै, वयस्कहरूलाई आधारभूत पढाइ-लेखाइमा सशक्त बनाउने उद्देश्य रहेको बताइन ।
डाउनटाउनले समाजमा विविध सामाजिक कार्य गर्दै आएको छ ।