Premier Cables
Premier Steel

समाचार

आज संविधान दिवस, तामझाम नगरिने

नोट: यो समाचार २ महिना अघिको हो

Calendar शुक्रबार, असोज ०३, २०८२  | बिहान ६:४३ बजे

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ।

दिवसको मुख्य समारोह बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने तय गरिएको छ, जसमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहनेछन्। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्।

बिज्ञापन

हालको विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकीलगायतका सांस्कृतिक कार्यक्रमहरू स्थगित गरिएको छ।

नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानको परिणामस्वरूप संविधान सभाबाट २०७२ साल असोज ३ गते ‘नेपालको संविधान’ घोषणा गरिएको थियो। दोस्रो संविधानसभाबाट जारी भएको यस संविधानले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संरचनामा अगाडि बढाएको हो।

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka