Premier Cables
Premier Steel

राष्ट्रिय

झापामा मदन भण्डारी राजमार्गको रेखांकन नै परिवर्तन !

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २२, २०८२  | बिहान ८:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड। पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म फैलिएको १,३९० किलोमिटर लामो मदन भण्डारी राजमार्ग अधिकांश स्थानमा पूर्वसहमति अनुसार निर्माण भइरहे पनि झापामा भने राजनीतिक स्वार्थ र दबाबका कारण योजनाबद्ध निर्माण प्रक्रिया प्रभावित भएको छ।

झापामा स्वार्थ समूहको प्रभावले गर्दा विकासको खाँचो रहेको उत्तरी क्षेत्र पन्छ्याएर कम जनसंख्या भएका भूभागतर्फ राजमार्ग मोडिएको छ, जसले गर्दा दुर्गम क्षेत्रका बासिन्दा सडक पहुँचबाट टाढा रहने अवस्थामा पुगेका छन्।

बिज्ञापन

पूर्वसहमति कसरी लत्याइयो?
सरकारको सुरुवाती रेखांकनअनुसार राजमार्ग दमकपूर्वको शिखर कटेरी (उत्तम चोक) हुँदै सताक्षीधाम दक्षिणको जंगल, पानीटंकी, दोमुखा, लाल खोला र सुन खोलाको दोभान हुँदै चण्डालघाट पुग्ने योजना थियो।

तर, २०७६ चैत २६ गतेको मन्त्रिपरिषद् बैठकबाट रेखांकन हेरफेर गर्दै झापा केर्खा–कमल खोला हुँदै माइधारसम्म पूर्वपश्चिम राजमार्ग छुवाउने गरी मार्ग परिवर्तन गरिएको छ।

सरकारले खर्च घटाउने बहानामा लगभग ८ किलोमिटर दूरी छोट्याउने निर्णय गरे पनि स्थानीय स्तरमा यसले दिगो विकासभन्दा अल्पकालीन स्वार्थलाई प्राथमिकता दिएको टिप्पणी भइरहेको छ।

पछाडि पारिएका क्षेत्र
पछाडि पारिएका मार्सेबुङलगायतका दुर्गम बस्तीहरू सडक सुविधा बाहिर रहने अवस्थामा छन्।

भूगोल जटिल भएकाले निर्माण लागत बढी लाग्ने भए पनि सरोकारवालाहरू भन्छन्— शिखर कटेरी हुँदै मार्सेबुङ जोडेर चण्डालघाट पुर्‍याउने मार्ग नै उपयुक्त हुन्छ।

तर, सरकार र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको भनाइमा भने सरकारले स्वीकृत गरेअनुसार नै निर्माण प्रक्रिया अघि बढ्ने बताइएको छ।

निर्देशनालयको तयारी
मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका अनुसार राजमार्ग हाल दोमुखा हुँदै जाने गरी ठेक्का सम्झौताको अन्तिम चरणमा पुगेको छ।

झापाबाट डडेल्धुरा (रुपाल)सम्मको राजमार्ग पूर्वपश्चिम राजमार्गभन्दा झन्डै १० किलोमिटर उत्तरमा पर्ने गरी तय गरिएको छ।

२०७६ सालदेखि निर्माण सुरु भएको यो राजमार्गको हालसम्म ३६९ किलोमिटर मात्र निर्माण सम्पन्न भएको छ। यद्यपि, निर्देशनालयले ७४० किलोमिटर निर्माण भए पुग्ने लक्ष्य लिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa