पूर्णियाबाट मात्र चल्ने भनिएको बन्दे भारत जोगबनी हुँदै चल्ने र अररिया तथा फारबेजगञ्ज दुई दुई मिनेट रोकिने रेल मन्त्रालयका अधिकारीहरुले जानकारी गराएको सांसद सिंहले बताए ।
बन्दे भारत स्वदेशमै निर्माण भएको द्रूत गतिको फुल एसी रेल सेवा हो । यो रेल्वे जोगबनीदेखि पटनासम्म संचालन हुने बताइएको छ ।
जोगबनीबाट नयाँ दिल्ली, कलकत्ता र दक्षिण भारतका लागि समेत रेल संचालन हुँदै आएको छ ।