Premier Cables
Premier Steel

विराटनगर

थारु कल्याणकारिणीको विवाद अन्त्य, अदालतद्वारा भगतको दाबी अस्वीकृत

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १५, २०८२  | अपराह्न ३:०६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । थारु कल्याणकारिणी सभा मोरङमा लामो समयदेखि चल्दै आएको नेतृत्व विवाद अन्त्य भएको छ। सभा सभापतिमा प्रदीप कुमार विश्वासको नेतृत्व वैधानिक ठहर गर्दै मोरङ जिल्ला अदालतले प्रदीप कुमार भगतद्वारा दायर मुद्दा खारेज गरेको छ।

मोरङमा सभापति पदको विषयलाई लिएर प्रदीप कुमार भगत र प्रदीप कुमार विश्वासबीच विवाद रहँदै आएको थियो। निर्वाचन समितिले २०८० पुस १५ गते थाकस भवनमा सभापतिमा उम्मेदवारी दिने दुबैको नाम “प्रदीप कुमार” रहेको हुँदा गोला प्रथामार्फत नाम क्रम निर्धारण गरेको थियो। सो प्रक्रियामा विश्वासलाई पहिलोमा राखिएको भन्दै भगतले किर्ते भएको आरोप लगाउँदै आफैं निर्विरोध सभापति निर्वाचित भएको दाबी गर्दै आएका थिए।

यसै विषयलाई लिएर प्रदीप कुमार भगतले मिति २०८० पुस २९ गते जिल्ला अदालत मोरङमा सभापति विश्वास र निर्वाचन अधिकृत जयराम पंजियारविरुद्ध किर्ते तथा जालसाजी सम्बन्धी मुद्दा दायर गरेका थिए।

तर अदालतले २०८२ असार ८ गते सो मुद्दामा निर्णय सुनाउँदै भगतको दाबी नपुगेको ठहर गरेको छ। यस फैसलासँगै २०८० चैत ७ गते बुढीगंगा गाउँपालिका–२ बौराहास्थित थारु संग्रहालयमा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदीप कुमार विश्वास नेतृत्वको कार्यसमिति वैधानिक रूपमा मान्यता प्राप्त भएको स्पष्ट भएको विश्वासले जानकारी दिनुभएको छ।

सभापति विश्वासले अदालतको निर्णयपछि अब संस्थाको आन्तरिक विवाद अन्त्य भएको जनाउँदै सबैलाई एकजुट भई थारु समुदायको हक, अधिकार र समृद्धिका लागि अघि बढ्न आग्रह गर्नुभएको छ।

सभाका सभापति प्रदीप कुमार विश्वासले अब सबै विवादको निरुपण भएको दाबी गरे । यस विषयमा विराटनगरमा पत्रकार सम्मेलन गरी विश्वासले जानकारी गराएका हुन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka