Premier Cables

समाचार

थारु समुदायद्वारा अटवारी पर्व उत्साहपूर्वक मनाइँदै

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०८, २०८२  | बिहान ८:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

दाङ । पश्चिम तराईका थारु समुदायले आज (आइतबार) परम्परागत अटवारी पर्व विविध धार्मिक र सांस्कृतिक कार्यक्रमसहित उल्लासपूर्वक मनाइरहेका छन्।

कुसे औंसीपछिको पहिलो आइतबार मनाइने यस पर्वमा दाजुभाइहरूले दिदीबहिनीको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन रहेको छ।

विज्ञापन

पर्वको अघिल्लो दिन, अर्थात् शुक्रबार राति थारु समुदायमा “दर” खाने प्रचलन छ। त्यसपछि शनिबार दिनभर व्रत बसेर साँझपख रोटी पकाई अग्निदेवतासहित अन्य देवी–देवताहरूलाई चढाइन्छ। आइतबार बिहान भने भात–तरकारी पकाई पुनः देउतालाई चढाएपछि मात्र स्वयं भोजन गरिन्छ।

यस पर्वमा थारु समुदायका परिवारजनहरू एकै स्थानमा भेला भई परम्परागत भेषभूषामा पूजाआजा तथा सामूहिक सांस्कृतिक गतिविधिमा सहभागी हुने गर्छन्।

लुम्बिनी प्रदेश सरकारले अटवारी पर्वको अवसरमा थारु समुदायको बाहुल्य रहेका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ। अटवारी पर्व थारुहरूको सांस्कृतिक, धार्मिक र सामाजिक पहिचानसँग जोडिएको महत्वपूर्ण चाडका रूपमा मानिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka