Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा अन्तर-कलेज वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नोट: यो समाचार ९ महिना अघिको हो

Kuldip Bastola Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र १४, २०८२  | अपराह्न २:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा अन्तर-कलेज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

लायन्स तथा लियो क्लब अफ विराटनगर यंग हर्टको आयोजनामा शुक्रबार मोरङ उद्योग व्यापार संघको सभाहलमा प्रतियोगिता सम्पन्न भएको हो।

Oplus_16908288

बिज्ञापन

कार्यक्रममा १७ वटा कलेजका २७ जना प्रतिस्पर्धीले “महंगी, बेरोजगारी र युवाको भविष्य” शीर्षकमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि लायन इन्द्र खत्री (राजन), विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, लियो क्लब अफ विराटनगर यंग हर्टका अध्यक्ष कुशल कोइराला, प्रथम उपाध्यक्ष प्रश्रित ढकाल, कोषाध्यक्ष विकास दाहाल तथा कार्यक्रम संयोजक प्रथम ओझा रहेका थिए।

Oplus_16908288

साथै लायन्स क्लबका द्वितीय उपाध्यक्ष पंकज कुमार बाहेती, अन्य लायन्स/लियोका पदाधिकारी, पास्ट प्रेसिडेन्ट र पाट डिस्टिक प्रेसिडेन्टलगायतको उपस्थिति थियो।

निर्णायक मण्डलमा डा. सन्देश दास श्रेष्ठ, डा. डिल्लि प्रसाई र निशा खुशी रहेका थिए। कार्यक्रममा पूर्व जिल्ला न्यायाधिवक्ता मनोज कुमार आचार्य, वरिष्ठ अधिवक्ता रमेश कोइराला र अधिवक्ता मनिष भट्टराईको समेत उपस्थिति थियो। कार्यक्रममा करिब २५० दर्शक उपस्थित रहेका थिए।

Oplus_16908288

प्रतियोगितामा प्रथम सुष्मा गोदावरी कलेजकी श्रेयसी भट्टराई घोषित भइन्। उनले नगद १० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र, गार्जियन माइक्रोलाइफतर्फबाट एक वर्षका लागि पाँच लाख बराबरको बीमा, फ्रीस्टाइल फिटनेसतर्फबाट तीन महिनाको गोल्ड जिम सदस्यता, ह्वाइट हाउस थकालीको फूड भाउचर तथा अन्य उपहार प्राप्त गरिन्। द्वितीय स्थानमा सुकुना बहुमुखी क्याम्पसकी कुसुम नेपाल रहिन्।

Oplus_16908288

उनले नगद ५ हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र तथा फूड भाउचर पाइन्। तृतीय स्थानमा सत्यनारायण स्कुलकी भारवी निरौला रहिन्। उनले नगद ३ हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र तथा फूड भाउचर प्राप्त गरिन्। चौथो स्थानमा ग्रिनल्याण्ड स्कुलकी गनिका यादव रहिन्। उनले सान्त्वना पुरस्कारअन्तर्गत नगद १५०० रुपैयाँ, ट्रफी, प्रमाणपत्र तथा फुड भाउचर प्राप्त गरिन्।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै लियो क्लब अफ विराटनगर यंग हर्टका अध्यक्ष कुशल कोइरालाले सबै प्रायोजक, मिडिया पार्टनर, विद्यार्थी तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa