Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा लियो यंग हर्टको अन्तर-कलेज वक्तृत्वकला प्रतियोगिता

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०८, २०८२  | बिहान ७:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा अन्तर-कलेज वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ।

लायन्स तथा लियो क्लब अफ विराटनगर यंग हर्टको आयोजनामा भदौ १३ गते बिहान १० बजे मोरंग व्यापर संघको सभाहलमा कार्यक्रम हुने भएको हो।

बिज्ञापन

प्रतियोगितामा १५ वटा कलेजले सहभागिता जनाउने छन् भने एक जना खुला प्रतिस्पर्धी समेत रहनेछन्। “महंगी, बेरोजगारी र युवाको भविष्य” शीर्षकमा आधारित प्रतियोगितामा प्रत्येक कलेजबाट एक पुरुष र एक महिला गरी दुई जना सहभागी हुन पाउने आयोजकको भनाइ छ । सहभागीले बोल्नका लागि ५ मिनेट समय पाउने छन्।

प्रतियोगितामा सहभागी हुन एक हजार रुपैयाँ शुल्क तोकिएको छ। विजेतामध्ये प्रथम हुनेले नगद १० हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार रुपैयाँसहित चौथो हुनेलाई सान्त्वना पुरस्कार प्रदान गरिनेछ। साथै प्रथम हुनेलाई गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सबाट एक वर्षका लागि पाँच लाख रुपैयाँ बराबरको बीमा तथा विभिन्न स्पोन्सरहरूबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने क्लबका अध्यक्ष कुशल कोइरालाले जानकारी दिएका छन्।

प्रतियोगितालाई जीनियस ग्रुभ इन्टरनेशनलले मुख्य प्रायोजन गरेको हो। निर्णायकका रूपमा डा. सन्देश दास श्रेष्ठ, डा. डिल्ली प्रसाईं तथा एक महिला निर्णायक रहनेछन् । तेस्रो निर्णायकको नाम कार्यक्रमको दिन सार्वजनिक गरिने बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka