Premier Cables
Premier Steel

विराटनगर

जोगबनीमा चेकजाँच र सुरक्षा सतर्कतामा कडाइ

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १३, २०८२  | अपराह्न ३:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतको सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल हुँदै बिहार प्रवेश गरिरहेको आशंकामा तीन पाकिस्तानी आतङ्ककारीको खोजीलाई तीव्र बनाएको छ। हसनैन अली, आदिल हुसेन र मोहम्मद उस्मान नामका तीन आतङ्ककारीहरू नेपाल–भारत सीमाबाट बिहार प्रवेश गरेको सूचनाका आधारमा विराटनगर नजिकको जोगबनी सीमा क्षेत्रमा निगरानी कडाइ गरिएको हो।

एसएसबीको ५६ औँ वाहिनी मुख्यालय बथनाहा र विभिन्न सीमा चौकीहरूबाट प्राप्त सूचनाका आधारमा, एसएसबी, बिहार प्रहरी, र डग स्क्वाडको संयुक्त टोलीले सीमा क्षेत्र र आसपासका बजारहरूमा सघन गस्ती र चेकजाँच सञ्चालन गरेको छ।

बिज्ञापन

गस्तीको क्रममा स्थानीय बासिन्दालाई आतङ्ककारीहरूबारे सचेत गराउँदै सतर्क रहन आग्रह गरिएको छ। भारतीय पक्षका अनुसार, त्रसित नहुनुका साथै कुनै पनि संदिग्ध गतिविधि देखिएमा तुरुन्त जानकारी दिन स्थानीयलाई अनुरोध गरिएको छ।

तीन आतङ्ककारीको तस्वीरसहितको पोस्टर मुख्य सडक, बजार र सार्वजनिक स्थानहरूमा टाँसिएको छ। गस्तीमा एसएसबीका वरिष्ठ अधिकारीदेखि लेकर मातहत कर्मचारी, अन्य सुरक्षा निकायका सदस्यहरू तथा बिहार प्रहरीका अधिकारीहरूको उपस्थिति रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka