Premier Cables
Premier Steel

कोशी प्रदेश

आमसञ्चार विधेयकविरुद्ध विराटनगरमा आज पनि पत्रकारहरूको प्रदर्शन

नोट: यो समाचार २ महिना अघिको हो

Calendar शुक्रबार, भाद्र १३, २०८२  | अपराह्न १:२५ बजे

विराटनगर । कोशी प्रदेश सरकारले प्रस्ताव गरेको आमसञ्चार विधेयकको विरोधमा शुक्रबार विराटनगरमा पत्रकारहरूले कोशी प्रदेश सभा अगाडि धर्ना तथा प्रदर्शन गरेका छन्।

यसअघि बिहीबार पनि उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए।

बिज्ञापन

नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिको अगुवाइमा सञ्चालित आन्दोलनमा सहभागी पत्रकारहरूले समाचार लेखेकै आधारमा एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधानको कडा विरोध जनाएका छन्।

भदौ ६ गते प्रदेश सभामा पेस भएको विधेयक विधायन समितिबाट पारित भई कानुनी प्रक्रिया अघि बढ्दैछ।

महासंघका अध्यक्ष भरत खड्का, पूर्वअध्यक्ष लिलाबल्लभ घिमिरे, महासचिव हिमा च्याम्जुङ, पूर्वमहासचिव विवेक गौतम, र मोरङ अध्यक्ष सुशिला पाठक लगायतले पत्रकारमाथि दण्ड र नियन्त्रणको प्रावधान खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

यसअघि महासंघले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाउँदै विधेयकका आपत्तिजनक प्रावधानहरूप्रति गम्भीर चिन्ता जनाएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka