Premier Cables
Premier Steel

समाचार

कोशी नाम पारित गराएको माओवादी बैठकमा पुरानै ‘प्रदेश नं १’ को ब्यानर !

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १२, २०८२  | साँझ ५:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोशी प्रदेशको नामकरणमा समर्थन जनाएको नेकपा (माओवादी केन्द्र) ले आफ्नै निर्णयको विपरीत सचिवालय बैठकमा ‘प्रदेश नं १’ लेखिएको ब्यानर प्रयोग गरेको छ। बिहीबार विराटनगरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा बसेको प्रदेश सचिवालय बैठकमा डिजिटल बोर्डमा ‘प्रदेश नं १’ उल्लेख गरिएको थियो।

यसअघि एमाले नेतृत्वको सरकारले ‘कोशी’ नाम प्रस्ताव गर्दा माओवादी सांसदहरूले पनि दुई तिहाई बहुमतले प्रस्ताव पारित गर्न मत दिएका थिए। तर, नामकरणपछि उठेको पहिचानसम्बन्धी आन्दोलनप्रति समर्थन जनाउँदै माओवादी केन्द्रले फेरि पुरानै नाम प्रयोग गर्न थालेको हो। यद्यपि माओवादीका प्रदेशसभा सदस्यहरूको आधिकारिक लेटरहेडमा भने अझै ‘कोशी प्रदेश’ नै उल्लेख गरिन्छ।

बिज्ञापन

बैठकमा नेताहरूले संसदीय दलले नामकरणमा गल्ती गरे पनि न कारबाही गरिएको न सुधारको प्रक्रिया अघि बढाइएको भन्दै नेतृत्वमाथि आलोचना गरे। साथै, गिर्दो जनआधार, गुटबन्दी, अवसरवाद र जनसरोकारबाट पार्टी टाढिँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको थियो।

नेताहरूले १८ महिने सरकारको काम, पछिल्लो पार्टी अभियानले ल्याएको उत्साह र संसद् खोल्न गरिएको दुई बुँदे सहमतिले पार्टी कमजोर भएको बताएका थिए। कांग्रेस र एमालेमा नेतृत्वको चुनौती देखा परेको बेला माओवादी केन्द्रभित्र झनै अन्योल र किचलो बढ्नु गम्भीर विषय भएको उनीहरूको भनाइ थियो।

बैठकमा सहभागी ३० जना सचिवालय सदस्य र १० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्दै अनुशासन, विचार र निर्णयमा एकरूपता आवश्यक भएकोमा जोड दिएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa