Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

‘नेपाल सीमाबाट बिहार छिरे’ जैश-ए-मोहम्मदका आतङ्ककारी, राज्यभर उच्च सतर्कता

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १२, २०८२  | अपराह्न १:२८ बजे
Hamro Biratnagar Headlines

पटना । भारतको बिहार राज्यमा आसन्न विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा आतङ्ककारी हमलाको सम्भावना बढेको छ। खुफिया निकायबाट प्राप्त सूचनाका आधारमा राज्यभर उच्च सतर्कता (हाई अलर्ट) जारी गरिएको छ।

सूचनाका अनुसार पाकिस्तानस्थित प्रतिबन्धित आतङ्ककारी समूह जैश-ए-मोहम्मदसँग आवद्ध तीन जना आतङ्ककारी नेपालमार्ग हुँदै बिहार प्रवेश गरिसकेका छन्। उनीहरूको पहिचान हसनैन अली (रावलपिन्डी), आदिल हुसैन (उमरकोट) र मो. उस्मान (बहावलपुर) का रूपमा भएको छ।

बिज्ञापन

खुफिया जानकारीअनुसार यी आतङ्ककारीहरू सन् २०२५ अगस्टको दोस्रो साता काठमाडौं आएका थिए र त्यसपछि नेपाल-भारत सीमा पार गरी बिहार प्रवेश गरेको भारतीय समाचार संस्था आजतकको अनलाइन संस्करणले लेखेको छ ।

यो सूचनालाई बिहार प्रहरी मुख्यालय (पिएचक्वी) ले गम्भीर रूपमा लिएको छ। प्रहरी अधिकारीहरूले ती आतङ्ककारीहरूको पासपोर्ट विवरण तथा अन्य डाटाहरू सीमावर्ती जिल्लाहरूका प्रशासन र सुरक्षा निकायहरूसँग साझा गरिसकेका छन्।

खुफिया स्रोतका अनुसार ती आतङ्ककारीहरूले भारतको कुनै पनि भागमा आतङ्कवादी गतिविधि गर्न सक्ने आशंका छ। विधानसभाको चुनाव नजिकिएकाले उनीहरूले भीडभाड भएका ठाउँहरू वा राजनीतिक कार्यक्रमहरूलाई लक्षित गर्न सक्ने सम्भावना प्रबल मानिएको छ।

बिहार प्रहरी मुख्यालयले सबै जिल्लाका प्रहरी प्रमुखहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिँदै सन्देहास्पद गतिविधिहरूमा निगरानी राख्न, सूचना संकलनलाई तीव्र पार्न र सुराग भेटिएमा तुरुन्त कारबाही गर्न आदेश दिएको छ।

हाल सीमावर्ती जिल्लाहरूमा सर्च अपरेशनहरू तीव्र रूपमा चलिरहेको छ र सुरक्षानिकायहरू राज्यमा कुनै पनि संभावित आतङ्क गतिविधि हुन नदिन प्रतिबद्ध देखिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka