Premier Cables
Premier Steel

कोशी प्रदेश

विवादित कोसी संचार विधेयकः मुख्यमन्त्री कार्यालय अगाडि पत्रकारको प्रदर्शन

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १२, २०८२  | अपराह्न १:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोसी प्रदेश सरकारले अघि सारेको संचार विधेयकको विरोधमा पत्रकारहरूले बिहीबार मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनपछि जुलुस रोडशेष चोक पुगेर धर्नामा परिणत भएको थियो।

नेपाल पत्रकार महासंघ, कोसी प्रदेशको अगुवाइमा आयोजित विरोध कार्यक्रममा महासंघका अध्यक्ष भरत खड्काले विधेयक प्रेस स्वतन्त्रताविरुद्ध रहेको बताए। उनले भने, “प्रेस सामग्री प्रकाशन र प्रसारणमा प्रतिबन्ध लगाउने, पत्रकारलाई सञ्चार प्रतिष्ठानका रजिष्ट्रारमार्फत दण्डित गर्ने प्रावधान हामीलाई स्वीकार्य छैन।”

बिज्ञापन

उनले यसअघि नै विधेयक संशोधनका लागि सुझाव दिइएको तर सरकारले ती सुझाव उपेक्षा गर्दै विधेयक अगाडि सारेको आरोप लगाए।

नेपाल पत्रकार महासंघले संचार विधेयकको विरोधमा चरणबद्ध आन्दोलन अघि बढाइरहेको छ। बुधबार प्रदेशसभा सदस्यहरूलाई विधेयक संशोधनको मागसहित एसएमएस पठाइएको थियो।

कोसी प्रदेशको न्याय, प्रशासन तथा विधायन समितिले दफावार छलफलपछि पत्रकारमाथि फौजदारी कारबाही हुने प्रावधानसहितको प्रतिवेदन पारित गरी सभामा पेस गरेपछि पत्रकारहरू आन्दोलित भएका हुन्।

महासंघ कोसी प्रदेश महासचिव हिमा चेम्जोङले बिहीबार जिल्लास्थित महासंघ शाखाहरुले समेत विरोध प्रदर्शन गरेको जानकारी दिइन ।






*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka